२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


सत्ता गठबन्धनको बैठक बस्दै‚ निर्वाचनबारे छलफल हुने


91
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान ९ बजे बस्ने गरी गठबन्धनमा आबद्ध दलहरूको बैठक बोलाइएको छ ।

बैठकले स्थानीय तहको निर्वाचनबारे स्पष्ट धारणा बनाउने अनुमान छ ।

शुक्रबार प्रधामन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग छलफल गरेपछि आज गठबन्धनको बैठक बस्ने सहमति भएको थियो ।

सोही सहमतिअनुसार बिहान बैठक बस्न लागेको हो । उनीहरूबीचको छलफलमा स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायतका विषयमा छलफल भएको थियो ।

स्थानीय तहको निर्वाचन आगामी वैशाखमा गर्ने कार्ययोजनासहित निर्वाचन आयोगले सरकारलाई ताकेता गर्दै आएको छ । आयोगले सिफारिस गरेको लामो समयसम्म पनि स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारले चासो देखाएको छैन् ।

गठबन्धनका केही दल स्थानीय तहको निर्वाचन वैशाखमा नगर्न सरकारलाई दबाब दिदै आएका छन् । प्रधानमन्त्री देउवासहित गठबन्धनका तीन शीर्ष नेताबीच निर्वाचनका लागि देखा परेको भनिएका कानुनी जटिलता विषयमा पनि छलफल भएको बुझिएको छ ।