
काठमाडौं । खोटाङमा यस बर्ष अलैँची उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा जिल्लामा २५ दशमलब २१ प्रतिशतले अलैँची उत्पादनमा कमी आएको हो । अघिल्लो वर्ष ७ सय ८७ मेट्रिक टन अलैँची उत्पादन भएको थियो भने यो वर्ष ५ सय ८८ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।
अलैँचीको फूल फूल्ने समयमा लगातार वर्षासँगै असिना पर्दा उत्पादन घटेको कृषकको भनाइ छ । उत्पादनमा कमी आए पनि अघिल्लो वर्षको तुलनामा यो वर्ष मूल्य वृद्धि हुँदा केही राहत मिलेको उनीहरुको भनाइ छ । अघिल्लो बर्ष प्रतिमन २० देखि २५ हजार रुपियाँमा बिक्री भएको अलैचि यस बर्ष ४५ हजारसम्म बिक्री भएको छ ।
एक मनमा ४० के.जी. हुन्छ । खोटाङको उत्तरी भेगमा अलैँची खेती हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्