
Web Pic
काठमाडौं । धनुषाको जनकपुर उपमहानगरपालिका–१८ महुवामा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
ज ११ प ७९७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा पछाडी सवार महोत्तरीको बर्दिबास नगरपालिका–१३ का ३० वर्षीय बिरेन्द्र दासको मृत्यु भएको प्रहरी चौकी कपिलेश्वरले जनाएको छ ।
गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही स्थानका २६ वर्षीय संजय राउतलाई उपचारका लागि विराटनगर पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्