
फाइल तस्विर
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुन : बस्ने गरी सकिएको अनौपचारिक जानकारी आएको छ ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ ।
अनौपचारिक जानकारी अनुसार अपरान्ह ४ बजे बस्ने बैठकले त्यस सम्बन्धमा आवश्यक निर्णय गर्ने छ ।
स्थानीय तहको निर्वाचन मात्र नभई तीनै तहको निर्वाचन एकैपटक गर्ने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल भईरहेको छ।
बैशाख भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग छ ।
प्रतिक्रिया दिनुहोस्