८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बैंक तथा वित्तिय क्षेत्रमा प्रविधिगत सुरक्षाको जोखिम


0
Shares

काठमाडौं । प्रविधिको उच्चतम प्रयोगसँगै विश्व भरी साईबर सुरक्षाको जोखिम पनि उस्तै किसिमले बढ्दै गएको छ ।

प्रविधिको विकाससँगै विश्वभरी नै प्रविधि प्रयोगकर्ता व्यक्ति तथा संस्थाको तथ्यांक चोरी हुने जोखिम साइबर सुरक्षाको जोेखिम उत्तिकै रहने विज्ञहरु बताउँछन् ।

एउटा प्रणालीमा समस्या हुँदा पुरै बैंकिङ प्रणालीमा नै असर पर्ने हुँदा बैंक तथा वित्तीय संस्था भने यसमा अझै बढी सचेत हुुनुपर्ने हुन्छ ।

नेपालमा रहेका २८ वाणिज्य बैंक मध्ये चारवटा बैंकको आफ्नै स्विच छ ।

जसमार्फत ति बैंकले आफ्नो कारोबार गर्ने तथा भुक्तानी गर्ने गर्छन भने अन्य बैंकले नेपाल ईलेक्ट्रोनिक सिस्टम (नेप्स) मा स्विच राखेका छन् ।

जसको सम्पूर्ण कारोबार विवरण यस प्रणालीसँग सम्बन्धित हुन्छ । यसैले बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कारोबारलाई सुरक्षित बनाउन तथा जोखिम न्युनीकरण गर्न थप सतर्कता अपनाउनुपर्ने हुन्छ ।

यसका लागि अत्यावश्यक प्रविधिको विकास तथा उपकरण जडानमा पूर्व बैंकर तथा वित्त विश्लेषक अनलराज भट्टराई जोड दिन्छन् ।

प्रणालीमा ओरीजीनल सफ्टवेयरको प्रयोगलाई जोड दिनुपर्ने भट्टराईको भनाई छ ।

उसो त नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघले प्रविधिको विकाससँगै आफ्नो सिस्टम तथा प्रविधिगत सुधारमा जोड दिंदै आएको बताउँदै आएका छन् । 

संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा बैंकहरुले प्रविधिको विकास सँगै बैंकिङ प्रणालीको विकासमा पनि ध्यान दिएको बताउँछन् । 

बैंक तथा वित्तिय क्षेत्रमा तत्काल समस्या नआएपनि भविश्यमा आइपर्न सक्ने जोखिम न्यूनीकरण गर्न यी क्षेत्रमा प्रविधिगत तथा प्रणालीगत सुधारमा भने जोड दिनुपर्ने विज्ञहरुको भनाइ छ ।