
एजेन्सी । कोरोना भ्याक्सिनको विषयलाई लिएर क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडो विवादमा फसेका छन् ।
क्यानाडा सरकारले कोरोना भ्याक्सिन अनिवार्य गरेपछि त्यसका विरुद्ध त्यहाँ प्रदर्शन भइरहेको थियो । त्यसैबीच प्रधानमन्त्री ट्रुडोले क्याडाबाट अमेरिका जाने ट्रक चालकले अनिवार्य रुपमा कोरोना विरुद्धको भ्याक्सिन लगाउनु पर्ने प्रस्ताव ल्याएपछि त्यसको विरोधमा ५० हजार ट्रक चालक उनको घर घेर्न पुगेका थिए । ट्रक चालकहरु आफ्नो घर घेर्न पुगेपछि ट्रुडो सपरिवार घर छोडेर गोप्य स्थानमा गएका अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीले कोरोनाको खोप लगाउनै पर्ने क्यानडा सरकारको आग्रहलाई फाँसीवादसँग तुलना गरेका छन् ।

प्रदर्शनमा उत्रेकाहरुले ट्रुडोको चर्को आलोचना गरेका छन् । प्रदर्शनकारीहरुले भ्याक्सिन अनिवार्य गर्नु स्वास्थ्यसँग सम्बन्धित नभएको भन्दै सरकारले विभिन्न कुरामा नियन्त्रण गर्न खोजेको दाबी गरेका छन् । प्रदर्शन चर्किएर हिंसात्मक घटना हुनसक्ने आशंका गर्दै क्यानडा प्रहरीले उच्च सर्तकता अपनाएको अन्तर्राष्ट्रिय सचारमाध्यमहरुले जनाएका छन् ।

शनिवार पनि भ्याक्सिन लगाउनु पर्ने बाध्यताको विरोधमा झण्डै १० हजार नागरिकले क्यानडाको संसद भवन नजीक प्रदर्शन गरेका थिए ।
ट्रुडोले ट्रक चालकलाई विज्ञान बिरोधी भएको भनेपछि उनीहरु झन आक्रोसित भएका हुन् ।भ्याक्सिन अनिवार्यले आफूहरुको स्वतन्त्रता हनन् भएको पनि कतिपय क्यानेडियनहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्