
काठमाडौं । मरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबलका लागि नेपालको सुरुवाती ११ टोली घोषणा भएको छ ।
केहीबेरमा सुरु हुने खेलका लागि कप्तान किरणकुमार लिम्बुको नेतृत्वमा मुख्य प्रशिक्षक अब्दुल्लाह अत्मुताइरीले सुरुवाती ११ टोली घोषणा गरेका हुन् ।
नेपालको डिफेन्समा सुजल श्रेष्ठ, देवेन्द्र तामाङ, दिनेश राजवंशी र नविन गुरुङ हुँदा मिडफिल्डको जिम्मा एरिक विष्ट, पुजन उपरकोटी र तेज तामाङले सम्हाल्नेछन् ।
यस्तै अञ्जन विष्ट, अनिश लामा र दर्शन गुरुङ फरवार्डमा रहनेछन् । मुख्य प्रशिक्षक अल्मुताइरीले ४–३–३ को फरमेसनमा टोली मैदान उतार्ने भएका छन् ।
यसअघि शनिबार भएको पहिला मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई १–० गोल अन्तरले पराजित गरेको थियो । नेपालका लागि विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्