३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


२ सय ५७ जनाको मृत्यु हुनेगरी मुम्बईमा श्रृङ्खलाबद्ध विष्फोट गराउने प्रमुख योजनाकार पक्राउ


5.291k
Shares

एजेन्सी । भारतको मुम्बईमा सन् १९९३ मा २ सय ५७ जनाको ज्यान जानेगरी गराइएको श्रृङ्खलाबद्ध विष्फोटका प्रमुख योजनाकार अबु बकर अब्दुल गफूर शेख यूएईमा पक्राउ परेका छन् ।

भारतको मोस्ट वान्टेडको सूचीमा रहँदै आएका अबु बकरलाई झण्डै ३० वर्षपछि भारतीय सुरक्षा एजेन्सीको सहयोगमा पक्राउ गरिएको हो ।

दाउद इब्राहिमको निकट सहयोगी मानिने उनी मुम्बईमा भएको श्रृङ्खलाबद्ध विष्फोटका प्रमुख योजनाकार रहको बताइएको छ ।

विष्फोटमा २ सय ५७ जनाको मृत्यु हुनुका साथै ७ सय १३ जना घाइते भएका थिए ।

पाकिस्तान र यूएईमा बस्दै आएका अबु बकरलाई सन् १९९७ मा पक्राउ गर्न भारतले रेड कर्नर नोटिस जारी गरेको थियो ।

उनलाई भारत सुपुर्दगी गर्ने तयारी गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।