१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चितवनका संरक्षणकर्मी भन्छन्– ‘मानव मात्र होइन वन्यजन्तुमैत्री विकास गरौं’


130
Shares

चितवन । जिल्लाका संरक्षणकर्मीले वन्यजन्तुको संरक्षण गर्न माग गरेका छन् ।

पछिल्लो समय विकासको नाममा वन्यजन्तु र तिनीहरूको वासस्थान संकटमा पर्दै गएको भन्दै उनीहरूले वन्यजन्तुमैत्री विकास गर्न आह्वान गरेका छन् ।

प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसका अवसरमा भरतपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरक्षणकर्मीहरूले विकास गर्दा मानवलाई मात्रै नभई वन्यजन्तुका लागि समेत हुनेगरी ऐन बनाएर काम गर्न आग्रह गरेका हुन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछानेले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिकाको मस्यौदा तयार पारेर मन्त्रालय पठाइएको भन्दै चाँडै कार्यान्वयनमा आउने बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य पार्वती रावलले अब वन्ने ऐन नियम वन्यजन्तुमैत्री बनाउने भन्दै त्यसका लागि विशेषज्ञहरुलाई सुझाव दिन आग्रह गर्नुभयो ।