१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


भारतमा लगातार कोरोना संक्रमण दर घट्ने क्रम जारी


442
Shares

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ६ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साेही अवधिमा थप ८ सय ६५ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ५ लाख १ हजार ९ सय ७९ पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा लगातार कोरोना संक्रमण दर घट्दो क्रम रहेको छ ।

स्वास्थ्य विभागको तथ्यांक अनुसार शनिबार, भारतमा कोरोनाबाट निको हुने दर ९५.९१ प्रतिशत छ । पछिल्लो २४ घण्टामा थप २ लाख १३ हजार २ सय ४६ जना कोरोना संक्रमित निको भएका छन् ।

भारतमा हाल १२ लाख २५ हजार ११ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म ४ करोड ४ लाख ६१ हजार १ सय ४८ जनामा कोरोना पुष्टि भइसकेको छ ।