
काठमाडौं । सोमबार १५ अंकले बढेको शेयर बजार परिसूचक नेप्से मंगलबार १६ अंकले घटेको छ । घटेसँगै नेप्से आज २८ सय ३५ विन्दुमा आएर थामिएको छ ।
मंगलबार सेन्सेटिभ इण्डेक्स पनि २ अंकले घटेर ६ सय ३२ विन्दुमा आइपुगेको छ । नेप्से घटे पनि कारोबार रकममा भने बढोत्तरी आएको छ ।
मंगलबार २ सय ३० कम्पनीका १ करोड २० लाख कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २८ करोडको कारोबार भएको छ । सोमबार ५ अर्ब ८३ करोडको कारोबार भएको थियो ।
यसदिन १३ उपसमूहमध्ये पाँच उपसूहका परिसूचक बढ्दा अन्य उपसूमह ओरालो लागेका छन् ।
व्यापार २, होटल तथा पर्यटन ३, निर्जीवन बीमा ५६, उत्पादन २७ र म्यूचल फण्ड सामान्य उकालो लाग्दा सबैभन्दा बढी जीवन बीमा १ सय ६८ अंकले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्