१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रतिनिधिसभाको आगामी बैठकमा पनि एमसीसीसम्बन्धी प्रस्ताव पेश नहुने


182
Shares

काठमाडौं । प्रतिनिधिसभाको आगामी बैठकमा एमसीसी प्रतिवेदन पारि गर्ने प्रस्ताव पेश नहुने भएको छ ।

मंगलबार संसद सचिवाललयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी प्रतिवेदन संसदमा पेश गर्ने विषय समेटिएको छैन ।

सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८’ पेश गर्नुहुनेछ ।

त्यस्तै, बैठकमा २०६४ सालको संविधानसभाका समानुपातिक निर्वाचित सदस्य जगतबहादुर ताजपुरियाको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पनि पेश हुनेछ ।

एमसीसीको सन्दर्भमा देशभर चासो र चर्चा बढिरहेको समयमा संसदमा पेश हुनसक्ने आँकलन गरिएको छ । अमेरिकाले पनि फागुन १६ गतेसम्म एमसीसी पास गर्न समयसीमा दिएको छ ।