१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


ओमिक्रोन अन्तिम भेरिएन्ट नभएको डब्ल्युएचओको भनाई


2.86k
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोभिड–१९ को ओमिक्रोन नै अन्तिम भेरियन्ट नभएको भन्दै सचेत रहन विश्वजगतलाई आग्रह गरेको छ ।

डब्लूएचओको कोभिड–१९ प्राविधिक विभागका प्रमुख मारिका वेन्ले केरकोभले ओमिक्रोनका ४ फरक–फरक भेरियन्ट पत्ता लागेको भन्दै यो भेरियन्ट कोभिडको वाइल्ड कार्ड भएको बताउनुभयो ।

केही राष्ट्रहरुमा ओमिक्रोनको संक्रमण दर कम हुँदै गएको भएपनि लापरवाहीले पुनः नयाँ भेरिन्ट विकास नहोला भन्न नसकिने उहाँको भनाइ छ ।