१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


उदयपुरको सिभिल हस्पिटलको बदमासी स्टिल निकाल्न गएको बिरामीको हड्डी काटियो


52
Shares

काठमाडौं ।  ४२ वर्षीय पूर्णबहादुर खत्रीको देब्रे कुममा राखिएको स्टिल झिक्नुपर्नेमा डाक्टरले हड्डी काटिदिएका छन् ।

उदयपुरको गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरमा अर्थोपेडिक डा. सञ्जयकुमार शाहले हड्डी झिकिदिएको खत्रीको बताउँछन् ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागडी ३ बाम्राङका खत्रीको कुममा अप्रेसन गरी स्टिल राखिएको थियो ।

डाक्टरले स्टिल छाडेर हड्डीको टुक्रा काटेर फ्ँयाकिदिएका छन् । खत्री भन्छन्, “स्टिल लगाएर हात ठीक पार्न खोजेको तर डाक्टरले उल्टै हड्डी काटिदिएपछि हात पहिलेको अवस्थामा बनाउने आस मर्यो ।”

दिक्तेल बजारमा २०७५ माघ ७ गते लडेर उनको देब्रे कुमको हड्डी भाँचिएको थियो ।

उनी जिल्ला अस्पतालमा उपचारपछि काठमाडौंस्थित नेपाल अर्थोपेडिक अस्पताल पुगेका थिए ।

उनले सोही अस्पतालमा स्टिल लगाएका थिए । स्टिल लगाएपछि कुमको हड्डी जोडिँदै थियो ।

स्टिलको अवस्था बुझ्नुपर्ने भएकाले धेरैजसो समय काठमाडौंमा उपचार गराउँदैं आएका थिए, उनी भन्छन्,  “दशा लागेपछि केहीले रोक्दो रहेनछ । बाटोमा परेकाले आफन्तले दुइपटक गाईघाटको सिभिलमा देखा भने त्यही अभिसाप भयो ।”

एक्सरे गर्न जाँदा जबरजस्ती अप्रेसन गर्न लगाएको दाबी उनी गर्छन् । बिरामीका भतिज लेखराज कटुवालका अनुसार डा. शाहले सुरुमा ५५ हजार रुपैयाँ लाग्ने बताएपछि फर्किन लाग्दा अस्पतालका एक सञ्चालकले मोलमोलाई गरेका थिए ।

“२५ हजारमै अप्रेसन गरिदिने भन्दै जबरजस्ती गरे”, उनी भन्छन् । “स्टिल झिकेछ भन्दै ढुक्क थिँए । घर पुगेपछि पनि दुख्न छोडेन, खत्री भन्छन्, पहिला अप्रेसन गरेको ठाउँमा एक्सरे गरेर हेर्दा हड्डी निकालेर फ्ँयाकेको थाहा भयो । छाँगाबाट झरेझै भए ।”

तर डा. शाहले भने अप्रेसनका बेला राखिएको तारले घोर्टिर हड्डी छिनेको बताएक छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट ।