१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


दाङको जुत्ता गोदाममा आगलागीमा परी मृत्यु हुने पाँच जनाको पहिचान खुल्यो (अपडेट)


286
Shares

राकेश बस्नेत

तुलसीपुर । दाङ तुलसीपुर बजारको एक जुत्ताचप्पल पसलमा भएको भिषण आगलागी परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–५ ‘ङ’ लाईन स्थित तुलसी बोर्डिङचोक नजिकै रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा आगलागी हुँदा तुलसीपुर ५ बस्ने ४२ बर्षिय नजरद्दिन अली, अन्दाजी ५ बर्षिय बालक अविनद्दिन अली, १६ बर्षिय मसिन बकस, १४ बर्षिय हसन बकस र १२ बर्षिया साजिता खातुन रहेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।

शुक्रबार बिहान दुई बजेतिर भएको आगलागी हुँदा घर भित्र फसेका उनीहरुको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । यस्तै, आगलागी घटनाबाट ३८ वर्षिय अमर डाँगीको सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो ।

अझै आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छैन् । अहिले इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आंशका गरिएको उहाँले बताउनुभयो ।

आगलागीका कारण ठुलो मानविय सँगै करोडौं मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।