१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हराएको बालकुमारीको मूर्ति भेटियो


533
Shares

काठमाडौं । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ ।

खुमलटारस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिर छेउ आज बिहान मूर्ति फेला परेको हो ।

माघ ८ गते मूर्ति हराएपछि प्रशासनले मूर्ति खोजी गर्न दबावमूलक अनुसन्धान चलाईरहेको थियो । मूर्तिमा कुनै क्षति नपुगेको र दुरुस्त अवस्थामा फेला परेको ललितपुर प्रहरीले जनाएको छ ।

बालकुमारी माईको उक्त मूर्तिलाई प्रहरीले जावलाखेल लगेको छ भने आजै सुनाकोठी मन्दिरमा पठाउने तयारी गरिएको छ ।

दुई फिट अग्लो र डेढ फिट चौडा पित्तलको मूर्ति चोरी भएपछि सुनाकोठी गुठीले मूर्ति फेला पार्नेलाई ५ लाख पुरस्कार दिने घोषणा गरेको थियो ।