
काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य सोमबारदेखि बढ्दै आएको छ ।
तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य भने आज पनि स्थिर रहेर १ हजार २ सय ८० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबारदेखि चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्