१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘ए’ डिभिजन लिग : मच्छिन्द्रसँग च्यासल स्तब्ध, सातदोबाटोले पुलिसलाई हरायो


195
Shares

काठमाडौं । सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र क्लबले च्यासललाई पराजित गरेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले च्यासललाई २–० गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रका लागि विमल घर्तीमगरले १६ र सुनिल बलले ३५ औं मिनेटमा गोल गरे ।

जितसँगै मच्छिन्द्रले १० खेलबाट २६ अंक जोडेको छ । मच्छिन्द्रको यो लगातार पाँचौं जित हो । अंक तालिकाको पुछारमा रहेको च्यासल भने १० खेलबाट ५ अंकमै सीमित रह्यो ।

यस्तै, लिगको शनिबार नै सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटोले पुलिसलाई १–० गोल अन्तरले हरायो ।
सातदोबाटोको जितमा आकाश बुढामगरले पेनाल्टीबाट १९औं मिनेटमा गोल गरे । सोही गोल नै निर्णायक बन्यो ।

जितसँगै सातदोबाटोको १५ अंक हुँदा पुलिस १० अंकमै सीमित रह्यो ।