
पाल्पा । जिल्लाको धनुवाटोलमा विवाहको भोजमा नाचगान गर्ने क्रममा लडेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा माथागढी गाउँपालिका–७ मौलाथरका ४० वर्षीय टलराज नेपाली रहेका छन् ।
स्थानीय कृष्णबहादुर रानाको छोरीको विवाह भोज खान धनुवाटोल पुगेका उनको भोज खाएर नाच्ने क्रममा शनिबार मृत्यु भएको हो ।
साथीहरूसँगै नाचगान गरेका नेपाली अचानक आफैँ लडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नाचगान गर्ने स्थानदेखि ७ मिटर तल खसेका नेपालीलाई स्थानीयले उठाएर सोही ठाउँ नजिकै राखेकोमा शनिबार विहान हेर्दा मृत रहेको प्रहरीलेको भनाइ छ ।
नेपालीको मृत्युको खबर पाएपछि प्रहरी चौकी, माथा र जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले घटनाको थप अनुसन्धान थालेको छ ।
प्रतिक्रिया दिनुहोस्