२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


दक्षिण कोरियामा श्रमिक लैजान रोक, १४ फेब्रुअरीको उडान स्थगित


3.874k
Shares

काठमाडौं । केही दिनदेखि दक्षिण कोरियामा पुनः कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ ।

पुनः कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलन थालेपछि नेपाललगायत अन्य देशबाट समेत श्रमिक लैजान रोक लगाइएको हो ।

दक्षिण कोरियाले लगाएको रोकसँगै १४ फेबु्रअरीमा तय भएको नियमित उडान तालिकासमेत स्थगन गरिएको दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उद्धत गर्दै नेपाली दूतावासले जानकारी गराएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भाषा परीक्षा पास गरी लामो पर्खाइपछि १४ फेब्रुअरीमा उडान तय भएर रोकिएका श्रमिकको अर्को उडान तालिका छिट्टै सार्वजनिक गर्न पहल भइरहेको बताउनुभयो ।

सङ्क्रमणदर कम हुनासाथ रोकिएका श्रमिकलाई तत्काल पठाउने व्यवस्था गर्ने उहाँको आश्वासन छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली श्रमिक लामो समयदेखि रोकिएकामा सरकारले पहल गरेर नियमित रूपमा जाने व्यवस्था गरेको थियो ।