२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सर्वोच्च अदालत आजदेखि पूर्णरुपले संचालन


117
Shares

काठमाडौं । सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ ।

कोभिड महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चले आजदेखि सबै प्रकारका सेवा सञ्चालन गर्न लागेको हो ।

गत बिहीबार बसेको पूर्ण बैठकले फागुन १ गते अर्थात आजबाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक पक्षलगायतका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेपछि अदालतले गत ५ माघबाट सेवा संकुचन गराउँदै आएको थियो ।