
काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका– ७ चिमखोलाको मलाङमा प्रहरी पोष्ट स्थापना भएको छ ।
भौगोलिक रूपले दुर्गम र विकट रघुगङ्गाको वडा नम्बर–७ चिमखोला र वडा नम्बर– ८ कुइनेमङ्गलेको सुरक्षाका लागि पाँच प्रहरी रहने गरी प्रहरी पोष्ट स्थापना भएको हो ।
प्रहरी पोष्टको उद्घाटन शनिबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले गर्नुभयो ।
शान्ति सुरक्षाका लागि स्थानीय र गाउँपालिकाको मागअनुसार प्रहरी पोष्ट स्थापना गरिएको जनाइएको छ ।
यसअघि चिमखोला र कुइनेमङ्गलेमा छिमेकी वडा पाखापानीमा रहेको प्रहरी चौकीका सुरक्षाकर्मी पुग्नु पर्ने बाध्यता थियो । पोष्ट स्थापनापछि विपद् व्यवस्थापनका साथै धवलागिरि सेञ्चुरी र आइसफल पदमार्गको सुरक्षामा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्