१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


२७ वर्षअघि प्रेम प्रस्ताव राखेकै ठाउँबाट चिप्लिएर मृत्यु


2.756k
Shares

एजेन्सी । बेलायतमा पुरानो यादहरुलाई स्मरण गर्न प्रेम प्रस्ताव राखेको ठाउँमा गएका एक जोडीको नराम्रो घटना भएको छ ।

यो दुर्घटनामा श्रीमानले ज्यान गुमाए भने श्रीमती गहिरो पीडामा परेकी छिन् ।श्रीमानले आफ्नी श्रीमतीलाई एउटा पहाडमा लगेका थिए, जहाँ उनले आफ्नी श्रीमतीलाई विवाह अगाडि प्रेम प्रस्ताव राखेका थिए । तर, त्यहि पहाडबाट ३०० फीट तल खसेर उनको मृत्यु भएको छ ।

‘मेट्रो यूके’ रिर्पोटका अनुसार बेलायतका ५४ वर्षीय डा. जेमी बटलर र उनकी श्रीमती मार्गरेट छुट्टी मनाउन ताल र पहाडले ढाकिएको सुन्दर स्थानमा गएका थिए । २७ वर्ष अगाडि बटलर ले मार्गरेटलाई त्यही ठाउँमा प्रेम प्रस्ताब राखेका थिए ।
पहाडमा कुहिरोले गर्दा त्यो दिन दृश्यता कम थियो । जसका कारण पहाडमा हिड्दै गर्दा बटलरको खुट्टा चिप्लियो र उनि खसे । उद्धार टोलीले बटलरको शवलाई पहाडको फेदमा फेला पार्याे ।

उनको शरीरमा धेरै चोटका निशानहरु थिए । उनको टाउँको फुटेको थियो । बटलरको मृत्युलाई बेलायत प्रहरीले एउटा दुर्घटना भनेको छ । दुर्घटनापछि मार्गरेटले रुदैँ आफुलाई बटरलले धेरै माया गर्ने र आफुहरुको दुई सन्तान रहेको बताइन् ।