१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कांग्रेस संसदीय दलको बैठक आज


65
Shares

congress parliamentarian office

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९ बजे बैठक बस्नेछ ।

बैठकमा विशेषगरी अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी) संसदमा अघि बढाउने विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ । भोलिको संसद् बैठकमा एमसीसीलाई अघि बढाउने र पारित गर्ने विषयमा संसदीय दलले निर्णय गर्ने बुझिएको छ ।

यस्तै, सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

संसदमा विचाराधीन विभिन्न विधेयकमा पार्टीले खेल्ने भूमिकालगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ ।