३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


एकैदिन तोलामा १२ सयले बढ्यो सुनको मूल्य


1.079k
Shares

gold

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १२ सय रुपैयाँले बढेर ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढेर १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।