
एजेन्सी । भारतीय चलचित्रकी सबैभन्दा राम्री अभिनेत्रीको रूपमा चर्चा कमाएकी अभिनेत्री हुन्, मधुबाला । मनमोहक र सुन्दर अनुहारका कारण उनी दर्शकमाझ चर्चित थिइन् ।
सन् १९३३ फेब्रुअरी १४ मा जन्मिएकी मधुबाला सन् १९९० मा बलिउडको अल टाइम ग्रेटेस्ट एक्ट्रेसेसको एउटा फिल्म पत्रिकामा अभिनेत्रीहरूको लोकप्रियताको सर्वेक्षणमा जनताको ५८ प्रातिशत मतले पहिलो भएकी थिइन् । जसमा नर्गिसले १३ मत लेराएर दोस्रो भएकी थिइन् ।
सुन्दरता र सहज शैलीका लागि चर्चित मधुबाल देहान्तको ५ दशक भइसक्दा पनि उनको प्रशंसकले उनलाई श्रद्धाका साथ सम्झने गरेका छन् । मधुबालाको सुन्दरताको तारिफ गरेर कोहि पनि थाक्दैनन् । उनको ३६ वर्षमा देहान्त भएपनि ६६ फिल्ममा अभिनय गरेर सबैका लागि प्रिय बनिन् ।
शम्मी कपूरले आफ्नो आत्मकथा ‘शम्मी कपूर द गेम चेन्जर’को एक पूरै अध्याय मधुबालालाई समर्पित गरेका छन् । जसको ‘फेल्ड मेडल इन लभ विथ मधुबाला’ भनेर शीर्षक पनि दिएका छन् ।
उसमा शम्मी कपूर भन्छन्, ‘मलाई थाहा थियो कि मधु अरु कसैलाई माया गरिरहेकी थिइन् । तर पनि म उनलाई पागल जस्तै माया गर्न थालेको थिए । यसका लागि कसैलाई दोष दिन सकिँदैन, किनकी मैले उहाँ जस्तो सुन्दर महिला अहिलेसम्म देखेकै छैन ।’

जन्मदेखि नै मधुबालाको मुटुमा प्वाल थियो । डाक्टरले उनलाई धेरै आराम गर्नुपर्छ भनेका थिए । तर, उनी उनका बुवाका कारण निरन्तर काम गर्नपर्ने पेशामा आवद्ध भइन् । मधुबाला आफ्ना बुवाआमा मात्र नभई ११ भाईबहिनी का लागि कमाइको माध्यम थिइन् ।
मधुबालालाई फिल्ममा काम मिलोस् भन्ने चाहानाले लाहोरमा रहेको जागिरलाई छोडेर दिल्ली र दिल्लीबाट मुम्बई गएका थिए । मधुबाला फिल्मी दुनियाँमा एक मात्र यस्तो कलाकार हुन्, जो समयभन्दा अघि नै सेटमा उपस्थित हुन्थिन् । स्वास्थ्यका कारण राति र देश बाहिर सुटिङ कहिल्यै नगरेकी मधुबाला त्यस समयकी शीर्ष अभिनेत्री थिइन् ।
मधुबाला र दिलीप कुमार एकअर्काको प्रेममा थिए । दुवैलाई भारतीय फिल्म इतिहासको सबैभन्दा रोमान्टिक जोडी मानिन्थ्यो । शम्मी कपूरका अनुसार दिलीप कुमार मधुबालालाई हेर्न मात्र मुम्बईबाट पुनासम्म करिब १ सय ४८ किलोमिटर गाडी चलाएर जाने गर्दथे । तर, मधुबालाका बुबा उनीहरुको विवाह होस् भन्ने चाहँदैनथे ।
यद्यपि दिलीप कुमार आफ्नो आत्मकथा ‘दिलीप कुमार द सबस्टेन्स एण्ड द छायाँमा’ मधुबाला र उनको विवाहविरुद्धमा मधुबालाको बुवा नरहेको भनेका छन् । मधुबालाको बुवा उनीहरूको विवाहबाट खुसी त थिए ।
तर, उनीहरूलाई आफ्नो हिसाबले काम गर्नपर्ने बताएका कारण दिलीपलाई यो कुराले चित्त बुझेन र हुन्न भनिदिए । त्यसपछि मधुबालाको बुवाले उनलाई जिद्दी र घमण्डी भनेर थिए । जसकारण उनीहरू प्रेम सम्बन्ध छुट्यो ।
दिलीप कुमारसँग प्रेम सम्बन्ध छुटेपछि किशोर कुमारसँग नजिक हुन पुगिन् । त्यस समय किशोर कुमार आफ्नो पहिलो श्रीमती रोमा देवीसँग सम्बन्ध बिच्छेद गरेर बसेका थिए । सन् १९६० मा किशोर कुमार र मधुबालाले विवाह गरे ।
प्रतिक्रिया दिनुहोस्