१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘आइएमई पे’को भ्यालेन्टाइन अफर, दुई जोडीले जिते दुई दिन एक रातको प्याकेज


169
Shares

काठमाडौं । ‘आइएमई पे’ले ‘भ्यालेन्टाइन अफर’ अन्तर्गत सर्वाधिक हवाई टिकट बुकिङ्ग गर्ने २ जोडीले चन्द्रागिरि रिसोर्टमा दुई दिन एक रातको प्याकेज जितेका छन् ।

सोमबार काठमाडौंमा गरिएको कार्यक्रममा सर्वाधिक धेरै हवाई टिकक बुकिङ गर्नेमध्ये लक्की ड्र मार्फत काठमाडौंका दिनेशकुमार निरौला र दुर्गा गुरुङलाई विजेता बनेका हुन् । सोमबार भएको उक्त कार्यक्रममै उनीहरूलाई प्याकेजको टिकट हस्तान्तरण गरिएको छ ।

४ फेब्रुअरीदेखि १२ फेब्रुअरी २०२२ सम्म जारी योजनाका विजेता दुई जोडीले चन्द्रागिरी रिसोर्टको डिलक्स रुम, चन्द्रागिरी केबलकार टिकट, ब्रेकफास्ट, बेड र डिनर को एक्स्क्लुसिभ सुविधा पाउनेछन् ।

कार्यक्रममा बोल्दै आइएमई पेका प्रमुख कार्यकारी अधिकृत विकास कुमार नाहाटाले भ्यालेनटाइन्स अफरअन्तर्गत भ्यालेनटाइन्स प्याकेज जितेका दुई जोडीलाई बधाई दिनुभयो ।

साथै उहाँले आइएमई पे मार्फत हवाई टिकट खरिद गर्दा सर्वाधिक ६ सय रुपैयाँसम्म क्यासव्याक पाइने जानकारी दिनुभयो ।