२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै, एमसीसी टेबल गर्ने विषय आज पनि परेन कार्यसूचिमा

कार्यब्यवस्था परामर्श समितिमा पहिले सहमति खोज्ने सभामुखको पहल

338
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल हुन सक्ने अनुमान गरिए पनि बैठकको कार्यसूचिमा भने एमसीसी टेबल गर्ने विषय परेको छैन ।

सभामुख अग्नि सापकोटाले बैठक अघि कार्यब्यवस्था परामर्श समितिको बैठक राखेकाले उक्त बैठकबाट एमसीसी टेबल गर्ने कार्यसूचि थपिने सक्ने बताइएको छ । यद्यपी सत्ता घटकहरुबीच नै मतभेद बढेकाले एमसीसी आज पनि टेबल हुने गरी सहमति जुट्ने सम्भावना क्षीण देखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा आजै एमसीसी टेबल गर्ने पक्षमा रहनु भएको छ । सरकारले जोड गरे सभामुखले एमसीसी प्रस्ताव टेबल गर्नबाट भने रोक्न नमिल्ने बताइएको छ ।

उता, नेकपा एमालेले आजको बैठकमा पनि अवरोध जारी राख्ने भएको छ ।