१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


समयमै प्रयोग नगर्दा कोरोनाविरुद्धको ५७ हजार डोज खोप खेर गएको छानबिन समितिको निष्कर्ष


78
Shares

काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप समयमा नै प्रयोग नगर्दा करिब ५७ हजार खोप खेर गएको छ ।

२४ लाख डोज हराएको खोप छानबिन गर्न गठित समिति स्वास्थ्य मन्त्रीलाई बुझाएको प्रतिवेदनले ५६ हजार ९ सय ८ डोज खोप खेर गएको देखाएको हो ।

मन्त्रालयको प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकमा गठन भएको प्रतिवेदनले सबैभन्दा बढी मोर्डनाको खोप प्रयोग गर्न नमिल्ले गरी खेर गएको देखाएको छ ।

१२ देखि १७ बर्ष उमेर समूहका किशोर किशोरीलाई लगाउन सकिने खोपको २५ हजार ५ सय ६२ डोज खेर गएको छ ।

यस्तै, कोभिशिल्ड र एस्ट्राजेनिकाको १९ हजार ४९ डोज, भेरोसेल ७ हजार २३, जोनसनको ५ हजार १ सय ९५ र सबैभन्दा कम फाइजरको खोपको ७९ डोज खेर गएको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनले बुस्टर डोज खोप लगाउने निर्णय नहुँदै केही व्यक्तिले पहिलो डोज खोप भन्दै बुस्टर डोज लगाएको पाईएको देखाएको छ । प्रतिवेदनले खोप नहराएको समेत जनाएको छ ।