
काठमाडौं । युक्रेनको सिमा क्षेत्रबाट आफ्ना सैनिक फर्काउन थालेको रुसको भनाई झुठो भएको अमेरिकाले बताएको छ ।
अमेरिकी अधिकारीहरुले रुसले युक्रेनको सिमाबाट सेना नफर्काएको बरु पछिल्ला दिनहरुमा ७ हजार सैनिक थपिएको दाबी गरेका हुन ।
रुसले कुनै पनि बेला युक्रेनमाथि आक्रमणका लागि बहाना खोजेको दाबी पनि अमेरिकी अधिकारीहरुले गरेका छन् ।
रुसले युक्रेनको सीमा क्षेत्रमा तनाव घटाउने गरी कदम चालेको प्रमाण पेश गर्नुपर्नेमा पश्चिमा देशहरु एकमत देखिएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र जर्मन चान्सलर अलफ सोल्जबीच गएराति भएको टेलिफोन सम्वादमा रुसले देखिने गरी कदम चाल्नुपर्नेमा सहमत भएका थिए ।
ह्वाइटहाउसका अधिकारीहरुले त हिजो पनि युक्रेनी सिमानामा रुसी सैनिकहरु थपिएको दाबी गरेका छन् ।
उता, नेटो महासचिव जेन्स स्टोल्टेन्बर्गले पनि रुसले सिमा क्षेत्रबाट सैनिक फिर्ता गरेको कुनै पनि संकेत नदेखिएको बताउनु भएको छ । रुसले भने गत मंगलबार सिमा क्षेत्रबाट सैनिकलाई आफ्नो क्याम्पमा फर्काउन थालेको बताएको थियो ।
प्रतिक्रिया दिनुहोस्