१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महोत्तरीमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु


117
Shares

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा बुधबार बेलुकी एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

स १ च १३९३ नम्बरको एम्बुलेन्सले साइकललाई पछाडीबाट ठक्कर दिँदा महोत्तरीकै गौशाला नगरपालिका–११ का ३५ बर्षीय तेजनारायण महतोको मृत्यु भएको हो ।

गौशालाबाट रामनगरतर्फ जाँदै गरेको महतो सवार साइकललाई सोही दिशाबाट आउँदै गरेको एम्बुलेन्सले पछाडीबाट ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

दुर्घटनामा संलग्न एम्बुलेन्स चालकलाई एम्बुलेन्स सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।