
काठमाडौं । ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिहरूले पनि ६ महिना पछि बुस्टरका रूपमा सोही खोप लगाउन मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यदि सो खोप नभएमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप पनि लगाउन सकिने मन्त्रालयले जनाएको छ ।
जिल्ला–जिल्लाबाट पहिलो मात्रा लगाए पुग्ने जे एण्ड जे खोप लगाएकाले के गर्ने भन्ने जिज्ञासा आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै बुस्टर मात्रा लगाउन मिल्ने प्रस्ट्याएको हो ।
१८ वर्ष पूरा भई जे एण्ड जे खोप लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्रा लगाउने मिल्ने मन्त्रालयको सूचनामा उल्लेख छ ।
सूचना :

प्रतिक्रिया दिनुहोस्