
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड पुछारको लेभान्टेसँग पराजित भएको छ ।
बुधबार राति भएको खेलमा एट्लेटिको म्याड्रिड लिग अंक तालिकाको पुछारमा रहेको लेभान्टेसँग १–० ले पराजित भएको हो ।
खेलको ५४ औं मिनेटमा लेभान्टेका गोन्जालो मेलेरोले निर्णायक गोल गरे ।
यस हारसँगै एट्लेटिको २४ खेलबाट ३९ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । लेभान्टे १४ अंक जोडेर २० औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्