१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बालाजुमा मिनीबसको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु


689
Shares

काठमाडौं । काठमाडौंको बालाजुमा मिनीबसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु भएको छ ।

बिहीबार बिहान ६ बजे बालाजुको गंगा हलअगाडि मिनीबसले ठक्कर दिँदा एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

पैदल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बालाजुको गंगा हल अगाडिको सडकमा आज बिहान ६ बजे बसको ठक्करबाट एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी अन्दाजी ५०र५५ वर्षीया महिला हुन् । महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

बसको नम्बर खुल्न सकेको छैन । तीन वटा शंकास्पद बसलाई नियन्त्रणमा लिएर प्रहरीले छानबिन सुरु गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।