
काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १ हजार रुपैयाँले बढेर ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा १६ सयले घटेको थियो ।
तेजावी सुन प्रतितोलामा ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्