
फाइल तस्विर
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती सामुदायिक वनमा दुईवटा गैंडा मृत फेला परेका छन् ।
निकुञ्जका वार्डेन हरिभद्र आचार्यले २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा मृत फेला परेको जानकारी दिनुभयो ।
बाघको आक्रमणका कारण मरेको हुन सक्ने निकुञ्जको अनुमान छ ।
गैंडाको शरीरमा चिथरेको घाउ छ भने बच्चा गैंडा नवलपुरको रजहर कुजौली पोस्टमा मृत अवस्थमा फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस्