
काठमाडौं । निर्वाचन आयोगमा सामाजिक एकता पार्टी नामको दल दर्ता भएको छ ।
सिबी गहतराजको अध्यक्षतामा गठन गरिएको पार्टीलाई बिहीबार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र औपचारिक रूपमा दिएको हो ।
फागुन ३ गते बसेको निर्वाचन आयोगको बैठकले सो दल दर्ताको प्रमाणपत्र दिने निर्णय गरेको थियो ।
धर्म निरपेक्षताको पक्षधरताको रूपमा खडा भई संविधानको रक्षा गर्ने र मुलुकमा विद्यमान सबै खालको सामाजिक विभेदहरूको अन्त्यगरी मुलुकलाई समृद्ध बनाउन लागिपर्ने मुख्य उद्देश्यका साथ निर्वाचन आयोगमा पार्टी दर्ता गरिएको अध्यक्ष गहतराजले बताउनुभयो ।
गहतराजले धर्म निरपेक्षताका पक्षधर सबैलाई सो पार्टीमा समाहित हुन पनि आग्रह गर्नुभयो ।
अध्यक्ष गहतराजले पार्टीले प्रारम्भमा वडा तहबाटै हुने गरेका धार्मिक विभेद अन्त्य गर्ने अभियानलाई सञ्चालन गर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्