
फाइल तस्बिर
काठमाडौं । धनुषाको जनकपुरधामबाट पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ ।
नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको हो ।
बुद्ध एयर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ हिजोदेखि सुरु गरिएको जानकारी दिनुभयो ।
सुरुमा हप्तामा तीन दिन र त्यसपछि यात्रुको मागअनुसार दैनिक उडान भर्ने योजना रहेको उहाँले बताउनुभयो ।
जनकपुरधाम आउने पर्यटक जहाजमार्फत पोखरा र पोखरा आउने पर्यटकले धार्मिक नगरी जनकपुरधाम भ्रमण गर्नका लागि केही मिनटको हवाई यात्रा तय गरेर आउन जान पाउने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्