
काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दुई दाजुभाइको मृत्यु भएको छ ।
तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार साँझ तिनाउको दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय तिनाउ–१ बेलदमार बस्ने पदमबहादुर चिदीको घरबाट तार जोडेर माछा मार्ने क्रममा दाजुभाइलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्