१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


युरोपा कन्फरेन्स लिग : बार्सिलोना र नापोली बराबरीमा, लेस्टर सिटी र रेन्जर्स विजयी


130
Shares

काठमाडौं । युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा बार्सिलोना र नापोलीले बराबरी खेलेका छन् भने लेस्टर सिटी र रेन्जर्स विजयी भएका छन् ।

बिहीबार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब नापोलीसँग १–१ को बराबरी खेलेको हो ।

बार्सिलोनाका लागि फेरान टोरेसले पेनाल्टीबाट गोल गरेका थिए । नापोलीका लागि पिओट्र जिलिन्सकीले गोल गरेका थिए ।

अब बार्सिलोना र नापोलीबीचको दोस्रो लेग फेब्रुअरी २४ मा नापोलीको मैदानमा हुनेछ ।

बिहिबार राति भएको अर्काे खेलमा डर्टमण्डलाई रेन्जर्सले ४–२ ले हराएको हो ।

रेन्जर्सलाई जित दिलाउन जेम्स ताभेरनीर, अल्फ्रेडो मोरेलेस, जोन लुन्डस्ट्रामले एक एक गोल गरे भने डर्टमण्डका डान जागाडोउले एक आत्मघाती गोल गरे । डर्टमण्डका जुड बेलिङघम र राफायल गुइरेरियोले एक एक गोल गरे ।

अब डर्टमण्ड र रेन्जर्स बीचको दोस्रो लेग आगामी बिहीबार हुनेछ ।

बिहीबार राति नै भएको अर्काे खेलमा लेस्टरले डेनिस क्लब रान्डर्सलाई ४–१ ले हराएको हो ।

लेस्टरका लागि विलफ्रेड एनडीडी, हार्भे बर्नेस, पाट्सन डाका र केइरनन हलले गोल गरेका थिए । यस्तै, रान्डर्सका लागि भिटोले एक गोल गरे ।

अब दुई टोली बीचको दोस्रो लेग आगामी बिहीबार हुनेछ ।