
काठमाडौँ । अमेरिकाकी एक मोडलले आफ्नो शरीरको विभिन्न अंगहरुलाई सर्जरी गराएकी छिन् ।
उनले आफ्नो शरीरका अंगहरुलाई विरामीका कारण नभई सौन्दर्यताका लागि सर्जरी गराएकी हुन् । उनले आफू सबैका अगाडि आकर्षक देखिन शरीरको हरेक अंगलाई कस्मेटिक सर्जरी गराइ सकेकी छिन् । मेरी म्याग्डिालिन नामकी ती मोडलले भर्खरै आफ्नो नाकको सर्जरी गराएकी छिन् । उनको नाक ‘बार्बी’ जस्तो देखिने उनको विश्वास छ ।
झण्डै चार बर्ष अघि उनले आफ्नो गुप्ताङ्गको सर्जरी गराएकी थिइन् । बेलायती पत्रिका ‘डेली मेलका’ अनुसार शरीरको विभिन्न अंगको सर्जरी गर्दा उनले नेपाली रुपैयाँ १ करोड २० लाख खर्च गरिसकेकी छिन् ।२५ वर्षकी मोडल मेरीले आफ्नो हरेक सर्जरीलाई इन्स्टाग्राम मार्फत सेयर गर्ने गरेकी छिन् । उनले शेयर गरेको तस्वीर अनुसार उनको नाकको सर्जरी ३ पटक र अनुहारलाई दर्जनौ पटक सर्जरी गराएकी छिन् । उनले पहिलो कस्मेटिक सर्जरी २१ वर्षको उमेरमा गरेकी थिइन् । उनलाई अहिलेसम्म उनको सर्जरी कतिपटक भयो भन्ने कुरा आफैलाई थाहा छैन ।
‘डेली मेलका’ अनुसार उनले आउने साता आँखीभौं रोप्ने तयारी गरेकी छिन् । त्यस्तै ओठको सर्जरीका लागि मेरीले पहिले बुकिङ गरिसकेकी छिन् । उनले आफ्नो स्तनको सर्जरी पनि गरिसकेकी छिन् । सन् २०१८ मा उनले गुप्ताङ्गको सर्जरी गर्दा उनको ज्यान समेत खतरामा परेको थियो । रिर्पाेटका अनुसार अमेरिकाले सर्जरीका लागि अनुमति नदिएपछि उनले रुसमा गएर सर्जरी गराउने गरेकी छिन् ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्