१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


आज पनि नयाँबानेश्वरमा एमसीसीको विरोधमा प्रदर्शन


299
Shares

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा आज शुक्रबार पनि अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध प्रदर्शन गरिएको छ ।

सत्तारूढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता–कार्यकर्ता, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत दलहरुले बानेश्वर क्षेत्रमा एमसीसी सम्झौताविरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्‍न पाइँदैन’ भन्दै नाराबाजी गरेर टायर बालेर प्रदर्शन गरेका छन् ।

बानेश्वर क्षेत्रमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी खटाइएको छ । प्रदर्शनकारीमाथि पानीको फोहोरा हान्ने गाडी पनि तैनाथ गरिएको छ ।