
काठमाडौं । नेपाल टेलिकमले ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा भोलि दिनभर भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गर्ने भएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा कम्पनीको भोलि निःशुल्क सेवा उपलब्ध गराउन लागेको हो ।
फागुन ७ गते एमपोसबाट गरिने २०० देखि ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध गराइने टेलिकमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्