१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दुई कर्मचारीलाई तीन जिल्लाको जिम्मेवारी


195
Shares

बागलुङ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङ दुई जना कर्मचारीको भरमा चलेको छ ।

२०७४ सालमा स्थापना भएको यो कार्यालयमा सुरु देखि नै न्यून कर्मचारीमा चल्दै आएको हो ।

कार्यालयमा हाल तीन जनाको दरबन्दी भए पनि एक जना कर्मचारी काजमा गएपछि एक अधिकृत र एक जना प्राविधिक सहायकको भरमा कार्यालय सञ्चालनमा छ ।

साविक धौलागिरीको बागलुङ, म्याग्दी र मुस्ताङ गरी तीन जिल्लामा कार्य क्षेत्र रहेको यस कार्यालयमा दुई जना मात्रै कर्मचारीले काम गर्नुपर्दा समस्या भएको हो ।

तीन जिल्लामा अनुगमनको अधिकार क्षेत्र रहेको कार्यालयमा कर्मचारी अनुगमनका लागि बाहिर जाँदा कार्यालय रित्तै हुने प्रमुख सौरभ श्रेष्ठले बताउनुभयो ।