
डडेल्धुरा । यथास्थितिमा एमसीसी पास गर्न नहुने भन्दै डडेल्धुरामा राँके जुलुश निकालिएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्र हितमा नरहेकोले प्रतिनिधिसभामा पेश गर्न नहुने भन्दै देउवा नेतृत्वको नेपाली कांग्रेस बाहेक डडेल्धुरामा क्रियाशील सबै राजनीतिक दलका कार्यकर्ताले राँके जुलुश निकालेका हुन् ।
उनीहरूले जनतालाई भ्रममा राखेर परियोजना लागू गरिए नेपालको अस्तित्व मेटिने तर्कसमेत गरेका छन् ।
नेपाली कांग्रेस वीपी डडेल्धुराका संयोजक तिलक हमालको संयोजकत्वमा भएको राँके जुलुश भीमदत्त चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभाले आगामी कार्यक्रमको पनि घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्