
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा हमला गर्ने निर्णय गरिसकेको दावी गर्नुभएको छ ।
उहाँले रुसको तयारी भइसकेकाले आगामी दिनमा युक्रेनमाथि यस्तो आक्रमण हुने बताउनुभएको हो। ह्वाइटहाउसमा संवाददातासँग कुरा गर्दै राष्ट्रपति बाइडेनले रुसले निकट भविष्यमै आक्रमणको तयारीका लागि तयारी अवस्थामा रहेको पनि बताउनुभयो ।
उहाँले रुसले आक्रमण गरे त्यसको प्रतिरक्षका लागि नाटो तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । युक्रेनको सीमा क्षेत्रमा रुसी सेनाको तैनाथी बढ्दै गएपछि बाइडेनले यस्तो प्रतिक्रिया दिनुभएको हो । पछिल्लो एक महिना भन्दा लामो समयदेखि जारी विवाद अन्त्यका लागि अमेरिका र युरोपेली मुलुकहरुले आग्रह गरेपनि दुवै देशझन आक्रामक बन्दै गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
मस्कोले युक्रेन र अन्य पूर्व सोभियत राष्ट्रहरुलाई नाटो सैन्य गठबन्धनबाट बाहिर राख्न, युक्रेनमा हतियार तैनाथ नगर्न र पूर्वी युरोपबाट बहिर राख्न माग गरेकोछ । यस्तै पूर्वी युरोपबाट नाटो सेना फिर्त लिन र पश्चिमा मुलुकहरुबाट सुरक्षको ग्यारेन्टी लिन पनि माग गरेको समाचारमा जनाइएको छ । तर अमेरिकाले भने रुसको माग पूरा गर्न नसक्ने यसअघि नै स्पष्ट पारिसकेको छ।
यसैबीच अमेरिकी राष्ट्रपति बाइडेनले रुसी आक्रमण आगामी दिनमा हुन सक्ने भएपनि तनाव कम गर्न कूटनीतिको बाटो भने खुला रहेको बताउँदै आउनुभएको छ
प्रतिक्रिया दिनुहोस्