
चितवन । नेपाली काँग्रेसका उप–सभापति धनराज गुरुङले एमसीसीको विषयमा सत्तापक्ष र प्रतिपक्ष दुवै दोषी भएको बताउनुभयो ।
उहाँले एमसीसी सत्तामा हुँदा राष्ट्रघात नहुने अहिले सत्ताबाहिर हुँदा राष्ट्रघात हुने भन्दै कतै अन्य देशको आँखाबाट यसलाई हेरिएको त होइन भन्ने आशंका समेत व्यक्त गर्नुभएको हो ।
उहाँले एमसीसीलाई आफ्नै देशको आँखाबाट हेर्न आह्वान समेत गर्नुभएको छ ।
भरतपुर विमानस्थलमा आज शनिबार पत्रकारसँग कुराकानी गर्दै काँग्रेसका उप–सभापति धनराज गुरुङले विदेशी हस्तक्षेपलाई अस्वीकार गरी यसवारे निर्णय लिनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्