१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


च्यासल युथ क्लब ‘ए’ डिभिजन लिगबाट घटुवा


130
Shares

काठमाडौं । च्यासल युथ क्लब सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट घटुवा भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार फ्रेन्ड्स क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि च्यासल एक खेल बाँकी छँदै ‘बी’ डिभिजनमा घटुवा भएको हो ।

फ्रेन्ड्सलाई जित दिलाउन जमौल एन्थोनीले दुई गोल गरे । च्यासलका मौसा अबगानाले एक गोल फर्काए ।

जितसँगै फ्रेन्ड्सले १२ खेलमा १० अंक जोडेको छ । फ्रेन्ड्स लिगको १२ औं स्थान रहेको छ । च्यासल १२ खेलमा ६ अंक जोडेर पुछारमा रहेको छ ।

च्यासल तीन सिजन शीर्ष डिभिजनको लिग खेलेर रेलिगेसनमा परेको हो । च्यासल २०७३ सालमा ‘ए’ डिभिजनमा बढुवा भएको थियो ।

शनिबार नै हुने दोस्रो खेलमा च्याम्पियन मच्छिन्द्रले थ्रीस्टारसँग प्रतिस्पर्धा गर्नेछ । खेल अहिले पौने ५ बजे सुरु हुनेछ । मछिन्द्र ११ खेलमा २९ अंक जोडेर च्याम्पियन बनिसकेको छ । मच्छिन्द्रका लागि यो खेल प्रतिष्ठाका लागि मात्र हुने छ ।