
सर्लाही । लालबन्दी नगरपालिका–१ मा १ सय २६ किलोग्राम गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पुर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीमा १ सय २६ किलो गाँजा भेटिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख निमल थापाले जानकारी दिनुभयो ।

प्रहरी टोलीले गाडी रोकेर जाँच गर्दा माछा बोक्ने पहेँलो ड्रमभित्र गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत कृष्ण गिरीले जानकारी दिनुभयो ।
गाँजासहित धादिङ सिदुलेख गाउँपालिका–६ का २२ वर्षीय सुरेन्द्र विक र मकवानपुरको कैलाश गाउँपालिका–२ का ४८ वर्षीय भीमलाल मोक्तानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट ८५ हजार रुपैयाँ नगद पनि बरामद गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्