१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


भारतीय टेस्ट क्रिकेटको कप्तानमा रोहित शर्मा नियुक्त


364
Shares

काठमाडौैं । भारतीय टेस्ट क्रिकेटको कप्तानमा रोहित शर्मा नियुक्त भएका छन् ।

केही महिनाअघि टी–ट्वान्टी र एक दिवसीय क्रिकेटको कप्तानको जिम्मेवारी दिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले शनिबार शर्मालार्ई टेस्ट क्रिकेटको कप्तानको पनि जिम्मेवारी सुम्पिएको हो ।

श्रीलंकाविरुद्धको दुईवटा टेस्ट सिरिज आउनुपूर्व शर्मालाई कप्तान नियुक्त गरिएको बीसीसीआईले जनाएको छ । भारतले श्रीलंकाविरुद्ध मार्च १ देखि टेस्ट क्रिकेट खेल्दैछ ।

विराट कोहलीले राजीनामा दिएपछि टेस्ट क्रिकेटको कप्तान खाली रहेको थियो । यद्यपि ३४ वर्षीय शर्मालाई नै कप्तानको जिम्मेवारी दिइए पनि नियुक्ति दिइएको थिएन । कोहलीले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट क्रिकेटमा पराजित भएपछि कप्तनबाट राजीनामा दिएका थिए ।

रोहित शर्माले ४६.८७ को औषतमा ४३ वटा टेस्ट क्रिकेटमा ३ हजार ४७ रन बनाएका छन् । उनले टेस्ट क्रिकेटमा १४ अर्धशतक र ८ शतक प्रहार गरिसकेका छन् ।